काेहलपुर नगरपालिकामा माओवादीको तर्फबाट उप प्रमुखमा खड्काकाे चर्चा
आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गएको छ । कुन पार्टीले कसलाई कहाँ उम्मेदवार बनाउँछ भन्ने चासो उत्तिकै छ । सबै राजनितिक दलहरुमा विभिन्न पदमा आकाक्षी देखियका छन।

यसैबिच काेहलपुर नगरपालिकामा ने.क.पा. माओवादी केन्द्रकाे तर्फबाट उप प्रमुखमा रेणुका खड्काकाे नाम चर्चामा रहेकाे छ। काेहलपुरमा चुनावी गठवन्धन नभएकाे अवस्थामा र गठबन्धन भएर उप प्रमुख माओवादीकाे भागमा परेमा पनि खड्का सम्भावित उमेदवार भएकाे माओवादीका नेता कार्यकर्ता बताउछन। स्कुलले जीवन देखि नै राजनीति शुरु गरेकी खड्का बि. स. २०५६ साल देखि पुर्ण रुपमा पार्टीमा भुमिगत भइन ।खड्का पार्टीमा ACM , बाँकेकाे राप्तीसाेनारीकाे सेक्रेटरी हुदै २०६० सालमा जिल्ला कमिटी सदस्य ,महिला संगठन काे विशेष जिल्ला अध्यक्ष हुदै,तत्कालिन थारुवान राज्य कमिटी सदस्य, एकिकृत माओबादी केन्द्र काे केन्द्रीय आयाेजक कमिटी सदस्य , अ.ने.म. संघ क्रान्तिकारी काे के .स. स. , पार्टीकाे बाके जिल्ला सचिवालय सदस्य भैसकेकी छन। एमाले र माओवादी एकीकरण पछि नेकपाकाे जिल्ला कार्यालय सदस्य समेत भैसकेकी खड्का हाल माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य हुन।उनले अन्तर पाटी महिला संन्जाल बाँकेकाे अध्यक्ष समेत भैसकेकी खड्का विभिन्न संग संगठनमा आबद्ध रही समाजसेवामा सक्रिय छन।
सरल स्वभाव र स्पष्ट वक्ता खड्का आफ्नाे पार्टी भित्र मात्र नभई फरक विचार र आस्था राख्नेहरु बिच समेत लाेकप्रिय मानिन्छिन।




