कारकादौंमा  अर्को सडकमा कालोपत्रेको काम सुरु

 नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा थप अर्को सडक कालोपत्रेको काम सुरु भएको

छ ।    अमरनगरटोलमा सिद्धार्थभ्यूदेखि कुखुराफर्म हुदैं लग्दहवा जोड्ने सडकको बिहिवार वडा अध्यक्ष दिपक वर्माले शिलान्यास गर्नुभयो । कारकादौंमा यसैसाता तेजनगरमा हाईमाष्टलाईट जडानको शुभारम्भ भएकोमा थप सडक पनि शिलान्यास भएको छ । चालु आवमा कारकादौंमा ११ वटा पिसिसी सडक र ३ वटा कालोपत्रे सडकको निर्माण सम्पन्न भईसकेको छ । बाँकी सडकहरुको पनि ठेक्का प्रक्रियामा रहेको उहाँले बताउनुभयो । चालु आवमा वडाभित्रका विपन्न, दलित तथा मधेसी समुदायका लागि धारा जडान तथा सौर्य सोलार प्यानल जडान कार्य तिव्ररुपमा अघि बढेको वडा कार्यालयले जनाएको छ । सो अवसरमा टोलबासीका तर्फबाट विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै वडा अध्यक्ष वर्मा र सदस्य दिग्विजय ढुंगानालाई सम्मान समेत गरिएको छ ।

 

सम्बन्धित समाचार