संक्रमण बाट विद्यालय सञ्चालन पूर्व तयारीहरु यसरी गरौ

यम रावत

१. सरसफाइ :- विद्यालयलाई सर्वप्रथम निसंक्रमण गर्नुपर्ने । विद्यालयमा बढी आवत जावत गर्ने ठाउँमा
२ २ घण्टामा सरसफाइ गर्ने । प्रत्येक दिन विद्यालय किटाणुरहित बनाउने । सरसफाइ गर्ने कर्मचारीलाई आवश्यक सुरक्षा सामग्री प्रदान गर्ने ।
२. स्वास्थ्य जाँच :- विद्यालय गेटमा तापक्रम नापेर स्वास्थ सुरक्षा मापदण्डअनुसार मात्र प्रवेश गर्न दिने ।
३. स्वच्छता ः शिक्षक विद्यार्थी अभिभावक मास्क प्रयोग गर्नुपर्ने, ठाउँठाउँमा हात धुने स्थानको व्यवस्था
गर्नुपर्ने ।
४. भौतिक दुरी :- कक्षा कोठामा डेस्क, बेन्च छुट्टै राख्ने वा वाहिर खेल मैदान, चौर मञ्च, सभाहलमा बस्ने व्यवस्था मिलाउने र १ बेन्चमा १ विद्यार्थी राख्ने अवधारणा बनाउने ।
५. कक्षा आकार ः कक्षा आकार घटाउनुपर्ने अर्थात एउटा कक्षा विभाजन गरी २ कक्षा बनाउने वा जोर बिजोर छुट्याई कक्षामा २०–२२ जना मात्र राख्नुपर्ने ।
६. विद्यालयभित्र आगमन ः विद्यालय प्रवेशद्वार १ भन्दा बढी भएमा सवै प्रयोग गर्ने, कक्षा कोठामा प्रवेश गर्नका लागि निश्चित बाटो बनाृउनुपर्ने ।
७. खाजा ः घरबाट ल्याउनुपर्ने ।
८. खेलकुद, मनोरञ्जन ः सामूहिक खेलकुद तथा मनोरञ्जनका कार्यक्रम निषेध गर्नुपर्ने ।
९. अभिभावक वा अन्य अनावश्यक लाइ प्रवेशमा कडाइ गर्ने ।
१०. यातायात ः सकेसम्म हिडेर वा निजी सवारी प्रयोग गर्न लगाउने । यातायातको साधन प्रयोग गर्नुपर्ने भएमा सामाजिक दूरी तथा प्रत्येक दिन बिहान बेलुकी किटाणु रहित बनाउनुपर्ने ।
११. शुल्क ः अनलाइन पद्दतिद्वारा भुक्तानी प्रयोग गर्न लगाउने अभिभावक ले सहयोग गर्नुपर्ने ।
अन्त्यमा, सरकारलाई आफ्ना व्यवहार र नीति–नियमहरुलाई परिवर्तन गर्न र निजी विद्यालयमा हाल देखापरेको समस्या समाधान गर्न व्यापक दवावमूलक अभियानको टड्कारो आवश्यकता खड्किएको छ । सो अभियानमा ऐक्यवद्धता प्रकट गरिदिनुहुन र संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षालयहरु सञ्चालन यी मापदण्ड अनुसार चल्न दिनुपर्ने हुन्छ यदि महामारी रोक्न सबै क्षेत्र निर्वाद रुपमा खाेलेर विद्यालय मात्र बन्द गर्दा काेरानाबाट वचन सकिन्न । सकिन्छ भने अन्तर्राष्ट्रिय उडान र भारत सँगकाे नाकाहरु बन्द गरेर स्वास्थ सुरक्षा मापदण्ड अनिवार्य लागू गरि विद्यालयहरु चल्न दिनु पर्छ । आवश्यकता परेमा बिधालय स्मार्ट पद्धति अनुसार संचालन को व्यवस्थापन गर्नुपर्छ ।

सम्बन्धित समाचार