मैले कसैलाई अभद्र व्यबहार गरेकाे छैन- डि.एस.पि.खनाल

  1. काेहलपुर,
काेहलपुर प्रहरी प्रमुख:- रबिन्द्र खनाल

इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि. एस .पि .रविन्द्र खनालले आफुले कसैमाथि अभद्र व्यबहार नगरेकाे बताएका छन।
राप्तिसाेनारी गाँउपालिकाका उपाध्यक्ष धनी कुमारी खत्रीले बाँकेकाे शमशेरगन्जमा भएकाे सडक दुर्घटनाकाे विषयमा छलफल गर्ने क्रममा डि. एस .पि .खनालले आफुलाई हाेच्याएर बाेलेकाे,पदिए मर्यादा नराखेकाे लगाएतका आराेप लगाउदै जिल्ला प्रशासन कार्यालयमा निबेदन दर्ता गराएकी छन।
आफुले कुनै अभद्र व्यबहार नगरेको , कुनै अपशब्द नबोलेको सामाजिक सन्जाल मार्फत डि एस पि खनालले स्पष्ट पारेका छन। उनले भने-“मैले आन्दोलनको समयमा बोलेका र गरेका हरेक कर्महरुको हरकोहिसग रेकर्ड समेत रहेको छ ।” आफुले उपाध्यक्षलाई गाँउपालिकाको जनप्रतिनिधि , उपप्रमुख भएर आफै आन्दोलनमा सरिक नभइदिन आग्रह गरेकाे उनकाे भनाई छ। जनप्रतिनिधि आफै आन्दाेलनमा सरिक हुदा शान्ति ब्यबस्था कायम गर्नमा समस्या पैदा हुन्छ जसले गर्दा बल प्रयोगको अबस्था सिर्जना भै थप क्षती हुन सक्छ भनी उपप्रमुखलाई आफुले अनुराेध गरेका डि एस पि खनालकाे भनाई छ। आफुले सडक सुरक्षा र पैदल यात्री सुरक्षाको सरोकार प्रहरी, र गाँउपालिका लगायत सरोकारित सबैको हो र पीडित लाई राहत दिने कुरो आन्दोलनबाट भन्दा पनि कानुनले हुनुपर्छ भन्ने आफ्नाे भनाई रहेकाे डि एस पि खनालले दावी गरे। उपप्रमुखलाई  मात्र नभएर हर कोहिलाइ कुनै अपशब्द नबोलेको र हर कोहीसँग अमर्यादित व्यबहार नगरेको डि. एस. पि .खनाल बताउछन।
गत असाेज २५ गते पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्बरको बसले सडक छेउमा हिडिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिदा राप्ती सोनारी ८ बालापुर निवासी २४ वर्षकी चन्द्रा बुढाथोकी (खड्का) को घटनास्थलमै र राप्ती सोनारी ८ ओभरी निवासी ३६ वर्षकी गिता चौधरीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो
सो घटनाको विषयमा बुझ्न जाँदा डि.एस..पी .खनालले गाउँपालिकाले सडक मर्मत नगरेर दुर्घटना बढेकाे भनेकाे तथा न्यायीक समितिकाे पालिका संयाेजककाे हैसियतले केही रकम पिडितलाई दिएर बिबाद मिलाउनुस लगाएतका शब्दहरु प्रयाेग गरि आफुलाई हाेच्याएकाे र पदिय मर्यादा कायम नराखेकाे लगाएतका बिषयमा राप्तिसाेनारी गाँउपालिकाका उपाध्यक्ष धनी कुमारी खत्रीले आराेप लगाएकी छन ।
यस बारेमा जिज्ञाषा राख्दा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य  बहादुर खत्रीले  डि.एस.पि . खनालले राम्राे ब्यवहार नगरेकाे भन्दै जिल्ला प्रशासन कार्यालयमा निबेदन पेश भएकाे र आफुले दुबै पक्षलाई छलफल गराएर विवाद समाधान गर्ने बताए।


ताजा समाचार

error: Content is protected !!