काेहलपुर व्यापार संघकाे प्ररम्भिक नतिजा, बिष्णु खनाल अगाडी

 

शनिवार सम्पन्न काेहलपुर उधाेग व्यापार संघकाे निर्वाचनमा मतगणना कार्य भैरहेकाे छ।राति १० बजेबाट शुरु भएकाे मतगणनामा अहिलेसम्म ५ सय ३५ वटा मत गणना भैसकेकाे निर्वाचन अधिकृत जगतजंग बुढाथाेकिले जानकारी दिए।
अहिलेसम्मकाे मतपरिणाम अनुसार साझा सानवेसी समुहका तर्फवाट अध्यक्षका प्रत्याक्षी बिष्णु खनालले २ सय ६३ मत प्राप्त गरेका छन भने लाेकतान्त्रिक समावेशीका लक्ष्मण राज पाैडेलले २ सय ४४ मत प्राप्त गरेका छन।
यसैगरि बरिस्ठ उपाध्यक्षमा साझा समावेसी समुहका तेज प्रसाद अधिकारीले २ सय ८ मत प्राप्त गरेका छन भने लाेकतान्त्रिकका प्रदिप भट्टराईले ३ सय १६ मत प्राप्त गरेका छन। महासचिवमा साझाका नवीन खड्काले २ सय ८० मत प्राप्त गरेका छन।यसैगरी बाणिज्य तर्फका उपाध्यक्ष बलराम देवकाेटाले २ सय ७५ र संगिता सुवेदीले २ सय ४१ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत शारदा काेइरालाले जानकारी दिए। यसैगरी उधाेग तर्फ साझाका कमल खड्का २ सय १२ तथा लाेकतान्त्रिकका चण्डी गैर्हेले २ सय ७५ मत प्राप्त गरेका छन। काेषाध्यक्षमा खेम घिमिरेकाे २ सय ३८ मत प्राप्त गरेका छन भने सीता कार्कीले २ सय ६७ मत प्राप्त गरिन।

सम्बन्धित समाचार