काेहलपुर व्यापार संघकाे मतगणना राति १० बजेबाट

काेहलपुर २२ फाल्गुन । काेहलपुर उद्योग वाणिज्य संघको शनिवार भएकाे मतदानकाे मतगणना आहिले राति १० बजे बाट शुरु हुने भएकाे छ। मतगणना राति १० बजे पछि शुरु गर्ने निर्णय भएकाे निर्वाचन समितिले जनाएकाे छ।
मतगणना काेहलपुर उधाेग बाणिज्य संघकाे कार्यालय ,काेहलपुरमा हुने भएकाे छ।

कुल ३ हजार ३सय ७५ मध्ये मतदानमा ३ हजार ८० मत खसेको निर्वाचन अधिकृत जगतजंङ्ग बुढाथाेकीले जानकारी दिए । बस्तुगत र एसाेसियट तर्फ ८० मत खसेकाे छ।निर्वाचनमा बिष्णु खनालकाे नेतृत्वमा नेकपा निकट साझा समावेशी समूह र लक्ष्मणराज पाैडेलकाे नेतृत्वमा काँग्रेस निकट लोकतान्त्रीक समावेशी ब्यवसायी समुह चुनावी मैदानमा रहेका छन भने एक जना स्वतन्त्र सदस्य रहेका छन।

सम्बन्धित समाचार