काेहलपुरमा भेटिए नयाँ कुष्ठराेगी !

काेहलपुर

काेहलपुर नगर स्वास्थ्य शाखाले संचालन गरेकाे Leprosy( कुष्ठराेग) खोजपड्ताल कार्यक्रममा दुई जना नयाँ कुष्ठराेगी फेला परेका छन।

काेहलपुर नगर स्वास्थ्य शाखाले यही पाैष २० गतेदेखि २२ गतेसम्म कुष्ठराेगीकाे खाेजी , राेग निधान गरी अन्य ब्यक्तिमा सर्नबाट बचाउने उद्देश्यले कुष्ठराेगी खाेजपट्ताल कार्यक्रम संचालन गरेकाे हाे।साे क्रममा काेहलपुर नगर भित्र २४ जना शंकास्पद ब्यक्तिलाई चेकजाच गर्दा २ जना ब्यक्तिमा कुष्ठराेगकाे लक्षण देखिएकाेले स्किन स्मेयर जाँचकाे लागी T.B.नेपाल,नेपालगन्जमा रेफर गरिएकाे नगर स्वास्थ्य शाखाका फाेकल पर्शन शारदा चन्दले जानकारी दिइन।

कुष्ठराेगी खाेड्पताल कार्यक्रम काेहलपुर नगरपालिकाका ४,५,६,९,१०,११,१२,१३,१४ र १५ न वडाहरुमा संचालन भएकाे थियाे।
अार्थिक बर्ष २०७७/०७८ काे कार्तिक सम्ममा ६ जनामा कुष्ठराेग भएकाे पुष्टि भैसकेकाे नगर स्वास्थ्य शाखाले जनाएकाे छ।
कुष्ठराेगीहरुकाे समयमै राेग पत्ता लगाई निधान गर्ने र सर्नबाट जाेगाउने उद्देले काेहलपुरमा कुष्ठराेगी खाेजपड्ताल कार्यक्रम संचालन गरियकाे थियाे।
हाल काेहलपुरमा कुष्ठराेगीकाे संख्या प्रति दस हजारमा २ जनामा भएकाे र त्यसकाे न्युनिकरण गरि प्रति दशहजारमा मा १ वा साे भन्दा कम बनाउने लक्ष्यरहेकाे फाेकल पर्सन चन्दले जानकारी दिइन।

सम्बन्धित समाचार