“काेहलपुर शैक्षिक झलक”काे बिमाेचन

काेहलपुर

बिमाेचन कार्यक्रम

काेहलपुर नगरपालिका नगर शिक्षा शाखा काेहलपुरले तयार पारेकाे काेहलपुर शैक्षिक झलक बिहिबार एक कार्यक्रमकाे आयाेजना गरि बिमाेचन गरिएकाे छ। काेहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले  काेहलपुर  शैैक्षिक झलककाे  बिमाेचन गरेका हुन।
शैक्षिक झलक बिमाेचन कार्यक्रममा बाेल्दै प्रमुख रावतले काेहलपुर नगर शिक्षा शाखाले लकडाउनकाे अबधिलाई पनि सदुपयाेग गर्दै शैक्षिक झलक लयार पारेकाेमा खुशी ब्यक्त गर्दै शैक्षिक झलक महत्त्वपूर्ण दस्तावेज आएकाे बताए।प्रमुख रावतले यसमा केही छुटेकाे भए समावेश गर्दै आबश्यक परिमार्जन गरि प्रत्येक बर्ष प्रकाशन गर्ने जानकारी दिए।
काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी चाैधरीले काेहलपुर नगरशिक्षा शाखाले साेचेअनुसार राम्राेकाम गरेकाे बताइन। उनले भनिन,-” नगरसभाले निति निर्माण गरिदिन्छ , त्यसकाे कार्वान्वयन सम्वन्धित निकायले गर्नुपर्दछ।” उपप्रमुख चाैधरीले शैक्षिक सुधारलाई नगरपालिकाले प्रथामिकतामा राखेकाे भन्दै केही छुटेकाे भए अर्काे बर्ष समावेश गरी शिक्षालाई अझ राम्राे बनाउने प्रयास गर्ने बताइन।
काेहलपुर नगरपालिका सामाजिक समितिका संयाेजक नारायणी वलीले शिक्षामा याेजना गर्ने क्रममा फिल्डमा गएकाे र साेही आधारमा याेजनाहरु तर्जुमा गरिएकाे बताइन।
शिक्षक महासंघ काेहलपुरका अध्यक्ष राम प्रसाद चापागाईले शैक्षिक झलक निर्माण गर्दा शिक्षक महासंघ र यसमा आबद्द घटकसंग एकपटक पनि छलफल नगरेकाे बताए।


कार्यक्रममा जनज्ञान ज्याेति मा. बि. का प्र. अ. एकदेव पन्थिले शैक्षिक सुधार समितिले दिएका सुझावलाई समावेश नगरेकाे भन्दै आगामी दिनमा यसतर्फ ध्यान दिन आग्रह गरे। काेहलपुर नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पाैड्यालले आफुले लकडाउनकाे समयलाई सदुपयाेग गर्द‌ै याे पुस्तक तयार पारेकाे र केही कमिकमजाेरी भए आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाए।


काेहलपुर नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजारले संचालन गरेकाे कार्यक्रममा महानन्द ढकालले पुस्तककाे समिक्षा गरेका थिए।
छलफल नगरेकाे भन्दै महासंघ र क्रिसाकाे असन्तुष्टि
शिक्षक महासंघ काेहलपुरका अध्यक्ष राम प्रसाद चापागाईले शैक्षिक झलक निर्माण गर्दा शिक्षक महासंघ र यसमा आबद्द घटकसंग एकपटक पनि छलफल नगरेकाे बताए। अध्यक्ष चापागाईंले भने-” काेहलपुर नगर शिक्षा शाखाले हरेक कार्यक्रममा महासंघ र यसमा आबद्द घटकलाई बाइपास गर्ने गरेकाे छ।”
यसैगरी काेहलपुर क्षेत्रमा संचालिन संस्थागत बिद्यालयहरुकाे छाता संगठन क्रिसाले श‌ैक्षिक झलक प्रकाशनका क्रममा निजि बिद्यालयलाई बेवास्ता गरेकाे अाराेप लगाएकाे छ। क्रिसाका अध्यक्ष शिव डाँगीले शैक्षिक झलक आइरहदा एकपटक पनि निजि बिद्यालयका प्र अ तथा छाता संगठनहरु सित छलफल नगरेकाे बताए । उनले भने -” हामीले शिक्षा शाखालाई कहिले पनि असहयाेग गरेका छैनाै तर पनि हामीलाई जानकारी समेत गराइएन।”

सम्बन्धित समाचार