मदन भण्डारी फाउन्डेसनको आयाेजनामा काेहलपुरमा बृक्षाराेपण

काेहलपुर
जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा बाँके लगाएत का जिल्लाहरुमा बृक्षाराेपण गरिएकाे छ।मदन भण्डारी फाउन्डेसनले आज प्रदेश नं ५ का सवै जिल्लाहरुमा बृक्षारोपन गरी मानाईएको फाउण्डेशन प्रदेश नं ५ का अध्यक्ष सुर्य ढकालले जानकारी दिए । प्रदेश अध्यक्ष ढकालको नेतृत्वमा काेहलपुरमा पनि आँप,लिचि,केरा मेवा अमाला लगाएतका विभिन्न जातका बिरुवाहरु रोपिएको हो ।

विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँधुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोरा मोतीराज भण्डारीको रुपमा मदन भण्डारीको जन्म भएको थियोे ।

पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा वि .संं २०५० जेष्ठ ३ गते दास ढुङ्गामा भएको गाडि दुर्घटनामा तत्कालिन महासचिव मदन भण्डारीकाे मृत्यु भएकाे थियाे।

उहाँले दिनुभएका योगदानलाई चिरस्थायी बनाउने उदेश्यले वि.सं. २०५६ सालमा मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित मदन भण्डारी फाउण्डेशनले हरेक वर्ष देशव्यापीरुपमा विविध कार्यक्रम गरी मदन जयन्ती मनाउने गरेको छ ।

यस पटक विश्वमा फैलिएको महामारीबाट ‘आफु पनि बँचौ र अरुलाई पनि बचाऔं’ भन्ने उदेश्यले कोभिड–१९ का कारण फरक ढंगले जन्मजयन्ती मनाउने योजना बनाएको फाउन्डेशनका प्रदेश अध्यक्ष ढकालले जनाए।

सम्बन्धित समाचार