बाँके प्रहरी प्रमुखमा एस.पि. राना आउने , एस पी ओलीकाे नवलपरपसी सरुवा

 

काठमाडौं


नेपाल प्रहरीका ३६ जना एसपीहरुको सरुवा भएको छ ।
सोमवार सांझ भएको सरुवाअनुसार एस .पी. ओम बहादुर राना बांके सरुवा भएका छन् । उनी प्रहरी प्रधान कार्यालय ,जनसम्पर्क तथा प्रचार प्रसार शाखा नक्साल बाट बाँकेकाे प्रहरी प्रमुखकाे रुपमा सरुवा भएका हुन। बाँकेका प्रहरी प्रमुख वीर बहादुर  ओलीकाे प्रहरी तालिम महाबिद्यालय जर्गाह, नवलपरासीमा सरुवा भएकाे छ।

एसपीहरु नवराज अधिकारी कपिलवस्तु,जिवनकुमार श्रेष्ठ पोखरा,अरुण पौडेल तनंहु र सन्तोष खड्काको मोरङमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।

सम्बन्धित समाचार