शिक्षा ऐन जारी गरिनुपर्ने माग राख्दै शिक्षककाे डिजिटल आन्दाेलन

काेहलपुर

एकीकृत अखिल नेपाल शिक्षक संगठनले विभिन्न ५ बुदे माग सहित डिजिटल आन्दाेलन शुरु गरेकाे छ।

अागामी आर्थिक बर्षकाे बजेटमा शिक्षामा २० प्रतिशत भन्दा बढि बजेट छुट्टाउनु पर्ने , छिट्टै संघीय शिक्षा ऐन जारीगर्नुपर्ने लगाएतका माग राखि संगठनले डिजिटल आन्दाेलन शुरु गरेकाे हाे।

लकडाउनकाे अवस्थामा भेटघाट र आन्दोलन गर्न असम्भव भएकाले भेला पसामाजिक सञ्जालबाट सङ्घीय सरकारलाई शिक्षकका मुद्दाहरुमा गम्भीर बनाउन डिजिटल आन्दोलन सुरु गरिएको संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले बताउनु भयाे।

बालबिकास तथा बिद्यालय कर्मचारीलाई श्रम ऐनले ताेकेबमाेजिम तलवभत्ता दिनुपर्ने तथा दरबन्दिमा रुपान्तरण गरि स्थायी गरिनुपर्ने पनि संगठनले माग गरेकाे छ।

त्यस्तै द्वन्द्वपीडित शिक्षकका समस्या समाधान, सामुदायिक विद्यालयको निजी स्रोत तथा निजी विद्यालयका कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोष, राहत तथा उच्च माबिका शिक्षकलाई दरबन्दिमा लैजानुपर्ने लगाएतका माग छन।

सम्बन्धित समाचार