बाँकेमा थप ८ जनामा देखियो काेराेना संक्रमण, नेपालमा काेराेना संक्रमित संंख्या २ सय ५८ पुग्याे
काेहलपुर

जेठ २ गते शुक्रबार बिहान सम्ममा नेपालमा काराेना संक्रमितकाे संख्या २५८ पुगेका छन। बाँकेका ८ सहित नेपालमा ९ जना नयाँ कोरोना संक्रमित भेटिएसंगै नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या २ सय ५८ पुगेकाे हाे । मकवानपुरका १ जना र बाँकेमा ८ जना गरि ९ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा ३७ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हस्ताक्षर गरेकाे प्रेस नाेटमा उल्लेख छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेकाे हाे




