बाँकेमा पनि कृषि एम्वुलेन्स सेवा सुरु
कोहलपुर,
कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ पकाे निर्णय बमाेजिम बाँकेमा पनि शुक्रबार देखी कृषि एम्बुलेन्स सेवा शुरु भएकाे छ । किसानकाे कृषि उत्पादन उपभाेक्ता सम्म सहजै र साेही मुल्यमा पुर्याउने उद्देश्यले मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरेकाे हो ।
सहकारी सञ्जाल प्रदेश ५ अध्यक्ष प्रेम सुबेदीले कृषि उपजलाई बजार सम्म पुर्याउन एम्बुलेन्स सञ्चालनमा ल्याईएको बताए । कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को बिशेष पहलमा यस्तो कार्यको सुरुवात गरिएको सुबेदीले जानकारी दिए ।
यस अघि कृषि तथा सहकारी मन्त्रालयकाले अनुदानमा दिएको पिक अप भ्यानहरुलाई कृषि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याउने मन्त्रलयले निर्णय गरेकाे थियाे । शुक्रावर किसानले उत्पादन गरेको ट्माटर ,खुर्सानी लगाएतका कृषि जन्य उत्पादनहरु एम्बुलेन्स मार्फत बजार पुर्याइएकाे हो । किसानको बारीबाट उत्पादित कृषि उपजहरु कृर्षि एम्बुलेन्स मार्फत उपभोक्ताको घर वा थोक बिक्रेताको सम्म पुर्याउने गरिएको छ । पिक अप भ्यानमा प्रयाेग हुने पेट्राेलियम पदार्थ समेत प्रदेश सरकारले सहयोग गरेको सुबेदीले जानकारी दिए ।
संयोजक सुबेदीले बाँके जिल्ला भरमा किसानका उत्पादन बिक्रि नभएको भए आफुहरुलाई जानकारी दिन समेत आग्रह गरेका छन । उनले किसान संग खरिद गरेकै मुल्यमा उपभोक्तालाई बिक्रि गर्ने गरेको समेत जानकारी दिए । दैनिक उज्यालाेले किसानका कृषि उपज बिक्री नभएकाे भिडियाे बाहिर ल्याएपछि कृषि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेकाे थियाे।यसअघि प्रदेश ५ का बिभिन्न जिल्लाहरुमा पनि यस्तो सेवा शुरु भैसकेकाे छ।