बेटर बाँकेले गर्याे पैदल यात्रीलाई सहयाेग
काेहलपुर, ९ बैशाख २०७७

बेटर बाँकेले लकडाउका कारण कसैलाई समस्या परेमा अाफ्नाे संस्थालाई सम्झन अाग्रह गरेकाे छ।
बेटर बाँकेका सल्लाहकार ऋषि थापाले अाफुहरुले काेहलपुर चाैराहसम्म अाइपुगेका पैदल यात्रीलाई खाजा पानी लगाएतकाे सहयाेग गरेकाे बताए ।संस्थाले रौतहट, काठमाडौं लगाएतका स्थानबाट अाएका पैदल यात्रुलाई खाजा तथा पानी बितरण गरेकाे संस्थाका अध्यक्ष युवराज देवकाेटाले बताए।

संस्थाकाे पहलमा वैशाख ७ गते राती कोहलपुरको चौराहामा वेवारिसे अवस्थामा पेटिमै सुतेका व्यक्तिहरुलाई बेटर बाके र हन्डरेट ग्रुपको सहकार्यमा राति नै घरमा लगि खुवाउने र सुत्ने व्यवस्था गरेको अध्यक्ष देवकाेटाले बताए।
सल्लाहकार ऋषि थापा सहितको टिमले पैदलयात्रीलाई राति ९ बजे विक्रम वलीको घरमा ल्याएर खाने र सुत्ने व्यवस्था गरेको अध्यक्ष ले बताए। उनले लकडाउकाे समयमा कसैलाई समस्या परेमा बेटर बाँकेलाई सम्पर्क गर्न संस्थाका ब्यवस्थापक राजु चन्दले अाग्रह गरे।




