एन.एम.बि. वैंकद्धारा उपमहानगरलाई खाद्यान्न सहयोग
नेपालगन्ज , ९ बैशाख २०७७

एन.एम.बि. वैंक नेपालगन्ज शाखाले नेपालगन्ज उपमहानगरपालिकालाई दैनिक उपभाेग्य सामाग्री उपलब्ध गराएको छ ।
अति बिपन्न तथा छाक टार्न समेत कठिन तथा मजदुर परिवारलाई राहत उपलब्ध गराउने उदेश्यले उपमहानगरलाई खाद्यान्न उपलब्ध गराइएको एन.एम.बि. वैंक नेपालगन्ज शाखाका प्रमुख नविन राज पाण्डेले जानकारी दिए ।
कोरोना जाेखिम न्युनिकरणका लागी सरकारले लागु गरेको लकडाउनले समस्यामा परेका मजदुर तथा अति बिपन्न परिवारको केही मात्रामा भए पनि सहयाेग पुगाेस भनेर १ लाख मुल्य बराबरको दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको शाखा प्रमुख पाण्डेले बताए ।

बैकले ज्यालादारी गरी खाने अतिबिपन्न घरपरिवारलाई राहत उपलब्ध गराउने भन्दै चामल, दाल, तेल र नुन लगाएतका दैनिक प्रयाेग हुने खाद्य सामग्री उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा र उपमेयर उमा थापालाई संयुक्त रुपमा उपलब्ध हस्तान्तरण गरेकाे हाे।
बैंकका नेपालगन्ज शाखा प्रमुख पाण्डेले विश्वभर कोरोना संक्रमणले महामारीको रुप लिईरहेको समयमा नेपालमा यसको रोकथामका लागि जारी गरिएको लकडाउन लम्विदै गएपछि ज्यालादारी गरी जिवन निर्वाह गर्ने अतिविपन्न परिवारलाई दिनरातको छाक टार्न पनि धौधौ परिरहेको अवस्थामा बैंकले सामाजीक दायित्व र मानविय कार्य अन्तर्गत राहात उपलब्ध गराएको बताए ।
बैंकले उपलब्ध गराएको राहात बुझ्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले विपदको समयमा बिपन्न परिवारलाई सहयाग पुर्याउने उद्देश्यले एनएमबि बैंक ले सहयाेग गरेकाे भन्दै बैंक र बैंकका कर्मचारीहरुलाई धन्यवाद ब्यक्त गरेका छन ।




