शिक्षक दिवसमा नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेकाे शुभकामना ।
काेहलपुर, चैत्र २९

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले ४१अाै शिक्षक दिवसकाे अवसरमा शुभकामना ब्यक्त गरेकाे छ। शुभकामनामा भनिएकाे छ :-
“विश्वभरि महामारीको रुपमा तिव्र गतिमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिले विश्व नै चिन्तित छ । नियमित रुपमा सम्पादनहुने कार्यहरु अवरुद्ध भएका छन । पेशा ,व्यवसाय ,विकास तथा शैक्षिक गतिविधिहरु ठप्प छन ।चैतदेखि सञ्चालित हुने परीक्षाहरु स्थगित छन । दैनिक मजदुरी गरि जीविकोपार्जन गर्ने मानिसहरुमा कोरोना सँगै भोकमरी र थप स्वास्थ्य संकट छाएको छ । यस कोभिड-१९ विरुद्धको युद्धमा सरकार र अाम नेपालीहरु बीचको समन्वयात्मक एकता र सक्रिय सहभागिता अावस्यक छ । सरोकारवालाबाट हुने भ्रष्टाचार र अनावश्यक विरोधले यस संकटबाट मुक्ति पाउन कठिन हुन्छ तसर्थ अाफु बाँची निस्वार्थ मनले अरुलाई बचाउन रचनात्मक सहयोग गरौँ ।
२०७६ सालको SEE परीक्षा स्थगित भएको यस अवस्थामा सम्पूर्ण विद्यार्थी भाइबहिनी हरुलाई अध्ययन समय तालिका निर्माणगरि नियमित रुपमा स्व-अध्ययन गर्न र सम्भव भए सञ्चार माध्यमको प्रयोगगरि विद्यालयका विषयगत शिक्षक ज्यूहरुसँग सहयोगका निम्ति जोडिन अनुरोध गर्दछौं ।
यस वर्षको शिक्षक दिवसमा सम्मानित तथा पुरस्कृत गरिनुपर्ने व्यक्तित्वज्यूहरुलाई अागामी संगठनका महत्त्वपूर्ण रचनात्मक कार्यक्रममा सम्मानित तथा पुरस्कृत गरिने छ ।पेशागत स्वाभिमान कायम राख्दै समस्यामा परेकालाई सहयोग गरौँ कोभिड-१९ विरुद्धको युद्धमा जुटौं चैत २९ को शिक्षक दिवसलाई अा-अाफ्नो क्षेत्रबाट सफल बनाअौ । जिल्ला समिति बाँकेको तर्फबाट सबैमा स्वास्थ्य लाभ र सकारात्मक सोचको कामना सहित शिक्षक दिवस र नयाँ वर्ष २०७७ सालको हार्दिक मङ्गलमय शुभकामना ।”




