काेहलपुरमा प्रहरी ,जनप्रतिनिधि र ब्यापारसंघकाे संयुक्त चेकजाँच

बिनाेद भट्टराई
काेहलपुर , चैत्र २४

काेहलपुरमा प्रहरी , जनप्रतिनिधि र ब्यापारसंघले संयुक्त गस्ति तथा चेकजाँच शुरु गरेका छन।
मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई बिस्तारै अटेरी गर्न थालेपछि आइतबार काेहलपुर उधाेग व्यापार संघका अध्यक्ष चक्र बहादुर अधिकारी र काेहलपुर नगरकार्यपालिका सदस्य कल्पना अधिकारी प्रहरी संगै लकडाउक कडाइका साथ कार्यान्वयन गराउन चेकजाचमा निस्केका हुन । नमान्नेलाइ प्रहरी र कार्यपालिका सदस्य अधिकारी र व्यापार संघका अध्यक्ष अधिकारीले सम्झाइ बुझाइ घरबाट बाहिर ननिस्कन अनुराेध गरेका थिए ।

काेहलपुरमा साझ पख मानिसहरु विभिन्न बहानामा सवारी साधन लिएर सडकमा निस्कन थालेपछि जनप्रतिनिधि र व्यापार संघका पदाधीकारी प्रहरीसंग सहकार्य गर्दै लकडाउन , गर्न लागेका हुन।लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो ।काेहलपुर प्रहरी प्रमुख कुलदिप चन्दले कुनै समस्या परेर घरबाट बाहिर निस्कन परेमा प्रहरीसंग समन्वय गर्न अाग्रह गरेका छन।लकडाउन पालना गर्नु सबै नाकरीककाे कर्तब्य हाे र यसलाई कार्यान्वयन गराउन अाफु प्रहरीसंग सहकार्य गरेकाे काेहलपुर उधाेग व्यापार संघका अध्यक्ष अधिकारीकाे भनाई छ।उनी भन्छन,-” प्रहरीलाई मात्र लकडाउन कार्यान्वयन गराउन सकेन भन्दै दाेष दिनुभन्दा प्रहरीलाई सहयाेग गर्नुपर्छ।” यसैगरी काेहलपुर नगर कार्यपालिका सदस्य कल्पना अधिकारीले लकडाउन कडाइका साथ लागू गर्नु स्थानिय निकायकाे पनि दायीत्व भएकाे बताइन। प्रहरी स्थानिय निकाए र व्यापारी तथा सम्पुर्ण जनताहरु एक भएर लकडाउनकाे पालना गरे मात्र काेरना भाईरस फैलिन नपाउने उनकाे भनाई छ।

काेहलपुर लगाएत अासपासका क्षेत्रमा प्रहरीले माईकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न , घर बाहिर ननिस्कन आग्रह गर्दै हिडेको छ । सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारी साधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाई गरिएको छ । अटेर गरी सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन् ।

सुदुर पश्चिम प्रदेशमा थप तीन जना कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि शनिवार सरकारले एक पालिका बाट अर्काे पालिकामा समेत अावतजावत गर्न नपाउने निर्णय गरेकाे थियाे। लकडाउनका समयमा अत्यावश्यक काम बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन निषेध गरिएको छ।


ताजा समाचार