भिडियाे कन्फ्रेन्स मार्फत बन उपभाेक्ता महासंघकाे बैठक

काेहलपुर

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रिय सचिवालय र प्रदेश अध्यक्षहरुको बैठक भिडियो कन्फ्रेस मार्फत सम्पन्न भएको छ ।

भिडियो कन्फ्रेस बैठकमा बनको निति तथा कार्यक्रम,सामुदायिक वनको सवाल र विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) बाट बच्नेउपाए र बन महासंघकाे भुमिकाको वारेमा बृहत छलफल भएको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ५ का अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिइन।

बैठकले क्वारेन्टाईनका लागि देशभरका १४ सय सामुदायिक बनका भवनहरु उपलव्ध गराने निर्णय गरेको छ । सरकारले घोषणा गरेको कोरोना (कोभिड १९) राहात कोषमा रकम जम्मा गर्न देश भरका सामुदायिक वनहरुलाई आवहान गरिएको प्रदेश अध्यक्ष अधिकारीले बताइन। बन महासंघले एकद्धार निति बनाई सबै सामुदायिक वनहरुबाट संकलन गरिएको रकम सरकारलाई हस्तान्तरण गर्ने भएकाे छ ।
बैठकले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) बाट बच्न सवै सजक र सेल्फ क्वारेन्टाइनमन बस्न सबैमा आग्रह गरेको छ ।


ताजा समाचार