अटेर गर्ने सवारी धनिलाई प्रहरीले नियन्त्रणमा लिने ।

बाँकेको

इलाका प्रहरी कार्यालय काेहलपुरले लक डाउन अवज्ञा गर्ने करिव ३ सय सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ ।
कोरोना संक्रमणको जोखिम बढेकाे भन्दै सरकारले लगाएकाे लक डाउन अवज्ञा गरी काेहलपुर क्षेत्रमा सवारी साधन चलाउने करिव ३ सय सवारी साधनहरुलाई बुधवार काेहलपुर प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डि एस पि कुलदिप चन्दले लक डाउन उल्लंघन गर्ने स्थानीयका मोटरसाइकल नियन्त्रणमा लिइएको बताए ।उनले अबदेखि नियम उलङ्घन गरे सवारी साधन संगसंगै सवारी धनिलाई पनि नियन्त्रणमा लिने बताए। अाज नियन्त्रणमा लिएका सवारी साधनलाई लक डाउन खुला भएपछि मात्र सवारी धनीकाे जिम्मा लगाईने डि एस पि चन्दले जानकारी दिए।

आगामी चैत २१ गते सम्मका लागि सरकारले लक डाउन गर्ने निर्णय गरेको छ ।


ताजा समाचार