टुंगिए प्रगतिशिल प्यानलका उमेदवार।
दैनिक उज्यालाे संवाददाता
४ चैत्र २०७६, मंगलबार

आगामी बैशाख २७ गते हुन लागेकाे कोहलपुर उद्योग वाणिज्य संघको चुनाबमा बामपंथी निकट प्रगतिशिल प्यानलले सबै उमेदवारकाे टुङ्गो लागेकाे छ।
संघकाे अध्यक्षमा बिष्णु खनाल , महासचिवमा नविन खड्का, कोषाध्यक्षमा खेम राज घिमिरे को नाम यसअघिनै घाेषणा भएका थिए।
श्राेतका अनुसार बरिष्ठ उपाध्यक्षमा सागर काेईराला उपाध्यक्षमा बाणिज्य तर्फ बलराम देवकाेटा र उधाेग तर्फ कमल खड्का रहने भएका छन।यसैगरी उप महासचिवमा अन्जना धिताल ,सह काेषाध्यक्षमा दधीराम सापकोटा (सूर्य) संघकाे चुनावमा पर्तिस्पर्धा गर्नेछन।
कार्यसमितिका सदस्यहरुमा ओम प्रकाश चापागाई, कृष्णा चालिसे, गोपाल अधिकारी,भुपेन्द्र काफ्ले, देबेन्द्र पाैडेल राजिव पौडेल, मेघराज अधिकारी, पुन्य प्रसाद तिवारी, रुप लाल परियार, पुर्णिमा पौडेल, गंगा भण्डारी र एमडि कडेल रहेका छन भने एक जना सदस्य जनमाेर्चाकाे लागि छुट्टाइएकाे छ। यद्दपी यी नामहरु आैपचारिक घाेषणा गरिएकाे छैन।




