बिद्यालयमा सचेतना कार्यक्रम संचालन गर्न महासंघकाे आग्रह।

दैनिक उज्यालाे संवाददाता

४ चैत्र २०७६, मंगलबार

नेपाल शिक्षक महासङ केन्द्रीय कार्यसम्पादन समितिको चौथो बैठक साेमवार सम्पन्न भएकाे छ।
महासङको केन्द्रीय कार्यलय केशरमहलमा बसेकाे कार्यसम्पादन समितिकाे बैठकले कोरोना भाइरस विरुद्धको अभियानमा सचेतना कार्यक्रम सबै बिधालयहरुमा सम्पन्न गर्ने , SEE परिक्षालाई मर्यादित ढंगले सम्पन्न गर्न सबै शिक्षक कर्मचारी साथीहरूलाई अनुरोध गर्ने, शिक्षक कर्मचारी पोशाकका लागि उत्कृष्ट छनौट मध्यबाट छनौट गरि सम्बन्धित निकायमा तत्काल सिफारिस गर्ने ,बाल बिकास र बिधालय कर्मचारीको तत्काल तलबमान वृद्धिकोलागी दबाब सृजना ,लबिङ गर्ने अन्यथा अन्य विकल्पमा जाने।
यसैगरी बैठकले संघीय शिक्षा ऐन यसै समसद अधिवेशनबाट पारित गर्न शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयमा दवाब दिने ,बिपत कोष र स्वस्थ कोषको स्थापना गर्न पेश भएको बिनियम आवश्यक छलफल सहित राष्ट्रिय समिति बैठकमा पेश गर्ने,बाकी रहेको जिल्ला तथा प्रदेश अधिवेशन तत्काल सम्पन्न गर्न विशेष कार्ययोजना निर्माण गरियको छ, सस्थालाइ जिवित राख्न आर्थिक अभियानको लागि तल्लो समितिमा ताकेता गर्ने लगाएतका निर्णय गरेकाे एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले जानकारी दिनुभयाे।


ताजा समाचार