परीक्षा अनुगमनमा नगर प्रमुख।

 

काेहलपुर, फागुन २८, २०७६


काेहलपुर नगर स्तरीय कक्षा ८ काे परीक्षा बुधवार देखि शुरू भएको छ।
अागामी चैत ६ गतेदेखि परिक्षा संचालन गर्ने तयारी भए पनि काेराेना भाइरसकाे संन्त्रासका कारण सरकारले नै चैत ५ गतेभित्र परिक्षा सम्पन्न गरिसक्ने भनी परिपत्र गरेपछि काेहलपुर लगाएत अधिकांस स्थानिय तहले बुधवार देखि बिद्यालय स्तरीय परिक्षा शुरु गरेका हुन।


अाज( बुधबार ) देखि शुरु भएकाे परिक्षाकाे अनुगमन गर्न काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत अाफै विभिन्न परीक्षा सेन्टरमा पुगेका थिए। बिद्यालय स्तरबाट न‌ै परीक्षा मर्यादित तथा बिस्वस्निय बनाउनु पर्नेमा नगर प्रमुख रावतले जाेड दिए। बुधवार नगर प्रमुख रावत सहितकाे अनुगमन टाेली विभिन्न ४ वटा बिद्यालयमा पुगेकाे काेहलपुर नगर शिक्षा प्रमुख तथा अनुगमन टाेलीका सदस्य अनन्त कुमार पाैड्यालले जानकारी दिए।


ताजा समाचार