पहिलाे घण्टीमा सांसद ‘अथक’!

बिनाेद भट्टराई


काेहलपुर नगरपालिका वडा न १ मा रहेकाे जन ज्ञान ज्याेति माध्यमिक बिद्यालयकाे कक्षा १० मा पहिलाे घण्टीमा सधै गणित पढाइ हुन्थ्याे । तर फाल्गुन १९ गते साेमवार भने पहिलाे घण्टीमा कक्षा १० मा छिरे संघीय सांसद महेश्वर गहतराज ‘अथक’।
स्थानिय पुर्वाधार विकास सझेदारी कार्यक्रम अन्तर्गत सांसद बिकास काेष वाट १० लाख तथा काेहलपुर नगरपालिकाकाे २ लाख गरि जम्मा १२ लाखकाे लागतमा
जन ज्ञान ज्याेति मा बि मा निर्माण हुन लागेको १२६ मीटर लामाे पर्खालकाे सिल्यान्नास गर्न उक्त बिद्यालयमा पुगेका सांसद अथक कक्षा १० का बिद्यार्थीलाई पढाईमा उत्प्रेरित गर्न कक्षा १० मा छिरेका हुन।


कक्षा १० का बिद्यार्थीलाई सांसद अथकले भने – ” तपाईहरु माेवाईल र टि भी लाई भन्दा पढाइलाई महत्व दिनुहाेस”। उनले घरमा पनि अर्जुन दृष्टीका साथ पढाइलाई ध्यान दिन कक्षा १० का छात्रछात्रालाई अाग्रह गरे । करिव २५ मिनेट बिद्यार्थीसंग छलफल गरेका थिए। उता सांसद नै कक्षामा अाएर छलफल गर्न पाउँदा बिद्यार्थीहरु पनि उत्साहित भएका थिए। कक्षा १० का छात्रा भावना थापाले टिनकाे छानामुनि बसेर गर्मी महिनामा पढ्न निकै समस्या हुने भन्दै बालमैत्री कक्षाकाेठा बनाउन सांसदलाई अाग्रह गरिन। सांसद अथक सगै काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत पनि कक्षाकाेठामा थिए।


यसअघि सिल्यान्नास कार्यक्रममा बाेल्दै सांसद अथकले निजि बिद्यालयमा छाेाछाेरी निजि बिद्यालयमा भर्ना गरेर सामुदायीक बिद्यालयमा राजनिति नगर्न राजनितिकर्मीलाई अाग्रह गरे । उनले शिक्षक , कर्मचारी , जनप्रतिनिधि
, राजनिति कर्मी लगाएतलाई सामुदायीक बिद्यालयमा छाेराछाेरी तथा नाति नातिना भर्ना गर्न अाग्रह गरे।
साेही कार्यक्रममा काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले काेहलपुर भित्रका सबै सामुदायिक बिद्यालयहरुलाई समान बिकास गर्ने प्रतिबद्दता जनाए। कार्यक्रममा नेकपा प्रदेश न ५ का सदस्य प्रेम भुषाल र नरेन्द्र न्याैपाने पनि अा अाफ्नाे धारणा राखेका थिए


ताजा समाचार