प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा काेहलपुरमा सरसफाई
काेहलपुर, ७ फाल्गुन

प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा अाज ( बुधवार) काेहलपुरमा सरसफाई गरिएकाे छ।
काेहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चाैधरीकाे नेतृत्वमा विभिन्न वडाकम वडाध्यक्षहरु, वडा सदस्य नगरपालिका कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगाएतकाे टाेलीले सरसफाई गरेकाे हाे ।
काेहलपुर चाैराह देखि नगरपालिकाकाे कार्यालयसम्म सरसफाई गरिएकाे वडा न १० का वडाध्यक्ष कर्ण बहादुर थापाले बताए।

प्रजातन्त्रकाे उपलक्ष्यमा काेहलपुर जेसिस लगाएत विभिन्न संघ संस्थाले विभिन्न अाज सरसफाई लगाएत विभिन्न कार्यक्रम अायाेजना गरेका छन ।






