बाँसगढीमा फाल्गुन ५ गतेदेखि मेयर कप ।
बाँसगढी, फाल्गुुुन ३
बाँसगढी नगरपालिका अन्तर बिद्यालय स्तरिय तेस्राे मेयर कप रनिङ्ग शिल्ड प्रतियाेगिता यही फाल्गुन ५ गतेदेखि शुरु हुने भएकाे छ ।
ि
प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्सन बरालले उद्घाटन गर्ने खेलकुद प्रतियाेगिता बाँसगढी नगरपालिकाकाे अायाेजना तथा जनप्रिय माध्यमिक बिद्यालय दमाैलीकाे अातिथ्यतामा हुन लागेकाे हाे । यही फाल्गुन ४ गते उद्घाटन गरिने भनिए पनि विशेष कारणले एक दिन पछाडी सारिएकाे बासगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले जानकारी दिए।
दमाैलीमा रहेकाे जनप्रिय मा.वि. बिजयनगरकाे खेल मैदानमा हुने खेलकुद प्रतियाेगितामा १९ वटा सामुदायीक तथा ४ वटा निजि गरि जम्मा २३ वटा बिद्यालयले भाग लिएकाे शिक्षक फणिन्द्र ढुङ्गानाले जानकारी दिए ।
प्रतियाेगितामा विभिन्न दाैडहरु, छात्र तथा छात्र भलिवल, कबड्डी, हाइजम्म,लङ्गजम्प सटपट टेक्वाण्डाे, कराते लगाएतका खेलहरु समावेस गरिएकाे अायाेजकले जानकारी दिएका छन।