मंचमा शैक्षिक हव,बिद्यालयमा राजनिति!

दैनिक उज्यालाे सम्वाददाता
काेहलपुर २५ माघ
काेहलपुर नगरपालिका वडा न १० का वडा अध्यक्ष निरज चलाउनेले मंचमा मात्र शिक्षाकाे हव भन्दैमा काेहलपुर शिक्षाकाे हव हुन नसक्ने बताएका छन।
काेहलपुर स्थित जीवन ज्याेति स्कुलकाे अभिभावक भेलालाई सम्वाेधन गर्दै वडा अध्यक्ष चलाउनेले जनप्रतिनिधि तथा राजनितिक दलका नेताहरुले मंचमा शिक्षाकाे हव भन्ने तर बिधालयमा भने राजनिति गर्ने गरेकाे अाराेप लगाए। वडा अध्यक्ष चलाउनेले जनप्रतिनिधिले सबै जनतालाई समान रुपमा हेर्नुपर्ने र नीति नियम पनि सबैले पालना गर्नुपर्नेमा जाेड दिए।
उनले सरकारले निजि क्षेत्रलाई बेवास्ता गर्ने गरेकाे भन्द‌ै निजि क्षेत्रमा बिकास भए मात्र देशकाे बिकास हुने बताए।
जिवन ज्याेति स्कुलले कक्षा नर्सरी तथा एल केजीकाे अभिभावक भेला गरेकाे बिद्यालयका प्रिन्सीपल जाेमन जेम्सले जानकारी दिए।

सम्बन्धित समाचार