तक्षशिला एकेडेमीको दशौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
कोहलपुर (बाँके) – बाँकेको कोहलपुरस्थित तक्षशिला एकेडेमीको दशौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ।
![]()
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बेल्वासेकाे अध्यक्षता भएकाे कार्यक्रममा प्रमुख अतिथि काेहलपुर नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारले विद्यालय केवल भौतिक पूर्वाधारले मात्र उत्कृष्ट नहुने उल्लेख गर्दै अभिभावकले विश्वासका साथ विद्यालयमा पठाएका छोराछोरीको सपना साकार पार्नु विद्यालयको दायित्व भएको बताउदै तक्षशिला एकेडेमीले अभिभावकप्रति न्याय गरेको बताए ।
विद्यालयका प्रिन्सिपल भिम बहादुर रोकाय ले विद्यालयले मार्कसिटमा मात्र राम्रो नतिजा ल्याउने नभई जीवनमा सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यका साथ शैक्षिक गतिविधि सञ्चालन गरिरहेको बताए। विद्यालयले विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन गरिरहेको र गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षामा विशेष जोड दिएको प्रिन्सिपल राेकायाले जानकारी दिए ।
विद्यालयका शैक्षिक सल्लाहकार खोपिराम ओलीले बालबालिकालाई असल संस्कार र नैतिक शिक्षाको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दान बहादुर हमाल, उप प्रध्यापक तेज बहादुर के सी तथा प्राध्यापक एकराज शर्मा , नमुना विद्या सदनका निर्देशक शिव डागी, लगायतको पनि उपस्थिति रहेको थियो।![]()
उक्त अवसरमा ७९ पटक रक्तदान गरेका हेम कुमार रावत लाई सम्मान गरिएको थियो। कार्यक्रममा कलाकार नारायणी खात्रीले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।![]()
विद्यालयले संचालन गरेकाे अभिभावकबीच मैत्रीपूर्ण भलिबल, फुटसल, कुर्सी दौड तथा बेलुन फोड प्रतियोगिता आयोजना गरी उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।![]()
बाँके जिल्लामै उत्कृष्ट विद्यालयका रूपमा परिचित तक्षशिला एकेडेमीमा हाल कक्षा नर्सरीदेखि १२ सम्म अध्ययन–अध्यापन सञ्चालनमा रहेको छ।







