कोहलपुर महोत्सवको तयारीका विषयमा उद्योग वाणिज्य संघ र पत्रकारबीच छलफल

कोहलपुर । कोहलपुरमा आयोजना हुन लागेको महोत्सव सफल बनाउन आवश्यक तयारी र समन्वयबारे कोहलपुर उद्योग वाणिज्य संघले बिहीबार स्थानीय पत्रकारसँग छलफल गरेको छ। अध्यक्ष प्रदिप भट्टराईले महोत्सवलाई कोहलपुरको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान उजागर गर्ने महत्वपूर्ण अवसर भएको भन्दै सरोकारवाला सबैको सक्रिय सहभागिता अनिवार्य भएको बताए।
भट्टराईले भने, “कोहलपुर महोत्सव हामी सबैको साझा अभियान हो। यसको सफलताका लागि कसैले पनि कसर बाँकी राख्नु हुँदैन।”
संघका महासचिव दिपक बहादुर भण्डारीले महोत्सवलाई स्थानीय उत्पादन, कृषि र पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम बनाइने बताए। उनले दर्शक र सहभागीको सुरक्षा, सहजता र व्यवस्थित सेवा उच्च प्राथमिकतामा राखिने पनि बताए।

भण्डारीका अनुसार महोत्सवलाई मनोरञ्जनको मात्र नभई व्यावसायिक अवसर र सूचना आदानप्रदानको थलोका रूपमा विस्तार गर्ने तयारी गरिएको छ।

छलफलमा सहभागी पत्रकारहरूले महोत्सवको प्रभावकारी प्रचार–प्रसार र व्यवस्थित सञ्चालनका लागि सुझाव राख्दै आफ्नो तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाएका थिए।
छलफलमा सञ्चारकर्मीहरुले महाेत्सव सञ्चालनका विषयमा विभिन्न सुझाव दिएका थिए।


ताजा समाचार