अटवारी पर्वको अवसरमा बाँकेकाे बैजनाथमा भदाै १५ गते सार्वजनिक बिदा

 

काेहलपुर, बाँकेकाे बैजनाथ गाँउपालिकाले थारू जातिको अटवारी पर्वको अवसरमा आइतवार सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकारले यहि भदाै ८ गते आइतबारका दिन सार्वजनिक विदा दिएकाे थियाे। कतिपय थारु जातिमा तिज पछिकाे आइतबारलाई अटवारी पर्वकाे रुपमा मान्ने चलन रहेकाे छ।गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा बिदा दिएकाे हाे ।

सूर्यको उत्पत्ति भई संसार उज्यालो भए पछि मानवसहित सम्पुर्ण प्राणीहरूको कल्याण भएको मान्यता अनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ। यो थारु समुदायको दोस्रो ठुलो पर्व हो ।


ताजा समाचार