संघिय सांसद ढकाललाई प्याब्सन कोहलपुरको ज्ञापन पत्र

बाँके:निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कोहलपुर नगर समितिले बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य ढकाललाई ज्ञापन पत्र बुझाएको छ ।
संघिय शिक्षा बिधयक २०८० मा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति दिनुपर्नेजस्ता प्रावधानहरूले निजी क्षेत्रको लगानी र भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको प्याब्सनको भनाइ छ। प्याब्सनले यी प्रावधानहरू अव्यावहारिक, लगानी प्रतिकूल र पूर्वाग्रही भएको आरोप लगाएको छ।

प्याब्सनका तर्फबाट केशर वहादुर आले , दिनेश सिग्देल, महेन्द्र शर्मा, शिव डाँगी लगाएत प्याब्सन आवद्ध नेताहरुले सांसद ढकाललाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझदै ढकालले प्याब्सनको मागप्रति आफु सकारात्मक रहेको उल्लेख गर्दै संसदमा आफुले आफनो प्रष्ट धारणा राख्दै सरकार समक्ष न्यायोचित मागको सम्वोधनकालागि अपिल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


ताजा समाचार