सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला, ११ भदौ । सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्लाखण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
मंगलबार राति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मत सम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

मर्मत सम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न उनले अनुरोध गरे ।
दैनिक नेपालबाट


ताजा समाचार