राज्य व्यवस्था तथा सुशासन समिति सभापतिका लागि कांग्रेसकी ईश्वरी न्यौपानेले गरिन मनोनयन दर्ता
काठमाडौं, १० भदौ । राज्य व्यवस्था तथा सुशासन समिति सभापतिका लागि कांग्रेसकी ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएलगत्तै उनले राज्य व्यवस्था समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।
पार्टीको निर्णय अनुसार उम्मेदवारी दर्ता गराएकी न्यौपानेको प्रस्तावकमा यसअघिका सभापति रामहरि खतिवडा छन् भने समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन् ।




