बहुविवाहलाई छुट दिने कानुन ल्याउन खाेज्नु खेदजनक – उप प्रमुख सुवेदी

काेहलपुर,बाँके। काेहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने कानुन ल्याउन खाेज्नु अत्यन्तै खेदजनक रहेकाे वताएकी छन।
उप प्रमुख सुवेदीले आफ्नाे फेसबुकमा लेखेकी छन,”मुलुकी अपराध संहिता लागू भएको २०७५ भदौ १ गते देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन थाल्नु अत्यन्तै खेदजनक छ ।”
उप प्रमुख सुवेदीले यस्ता कानुनले घरेलुहिंसालाई थप बढवा दिने र महिलालाई न्यायको पहुँचबाट बन्चित गर्ने निश्चित जस्तै रहेकाे दावी गरिन। । यो व्यवस्था पुरुषले जति वटी राखे पनि हुन्छ भन्ने पितृसत्ताको पुरानै मान्यतामा अडिएको उनकाे जिकिर छ। उप प्रमुख सुवेदीले भनिन,” कुनै पनि सभ्य समाजमा दुई वटा विवाह हुनै सक्दैन ।”
कुनै पनि सभ्य समाजमा बहुविवाहलाई कानुनी मान्यता नभएकाे भन्दै सुवेदीले पहिले हाम्रो समाजमा यो वा त्यो नाममा बहुविवाह गर्न कानुनले छुट दिएको थियो र अन्तर्राष्ट्रिय रूपमा देशलाई लाज लाग्ने अवस्था बनाएको स्मरण गरिन । ठूलो जोडबलबाट २०७५ देखि बहुविवाहलाई मुलुकमा पूर्णतः निषेध गरिएको अवस्थामा फेरि विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने गरि कानून ल्याउन खोज्नु लाजमर्दो विषय भएकाे उप प्रमुख सुवेदीकाे भनाइ छ।


ताजा समाचार