“तिमी सङ्ग आन्विका” कार्यक्रम अन्तर्गत अपङ्गता भएकालाई विशेष सामाग्री वितरण
काेहलपुर,
शारीरिक रूपमा फरक क्षमता भएकी आन्विकाको जीवनका हरेक पाइला चुनौतीको धरातलमा उभिएको छ । तर यही जीवनबाट प्रेरणा लिएर सुरु भएको “तिमी सङ्ग आन्विका” नामक अभियान अहिले बाँके जिल्लाका थुप्रै फरक क्षमता भएका बालबालिकालाई विभित्र सहयोग गर्दै गर्दै आइरहेकाे छ । जस अन्तर्गत बाँकेमा आइतवार शारीरिक रुपमा कमजोर भएका सन्देश पाल,साधना थापा , विष्णुमाया वि क र सान्विका खत्रीकाे घरमै पुगेर उनिहरुका लागि सहज हुने विभिन्न सामाग्री वितरण गरिएको हाे। काठमाडौ निवासी नरेश प्रधानकाे सहयोगमा बाँकेका हरी चाैधरी लगाएतकाे टाेली उनिहरुकाे घरमा पुगेर अपाङ्ग मैत्री कुर्सी टेवल लगाएतका सामाग्री वितरण गर्नुभएकाे हाे ।
“फरक क्षमता कुनै कमजोरी होइन, यो त फरक दृष्टिकोण हो, जुन बुझ्न सक्ने मनहरू चाहिन्छ ।” यही मान्यतालाई आत्मसाथ गर्दै सुरु गरिएको “तिमी सङ्ग आन्विका” कार्यक्रम अहिले एक सामाजिक अभियानका रूपमा देशका विभिन्न जिल्लामाअगाडि बढिरहेको छ ।
यहि कार्यक्रम अन्तर्गत बाँके जिल्लामा रहेका फरक क्षमता भएका बालबालिकाहरूलाई आवश्यक सामग्री उनीहरूको घरमै पुगेर प्रदान गरिएको हो ।

आर्थिक रुपले कमजोर भएकै कारण धेरै सरकरी निकाय तथा संघसंस्थामा अनुरोध गर्दासमेत कुनै सहयाेग हुन नसकेको अवस्थामा” तिमी सग अम्बिका ” कार्यक्रमका तर्फबाट हरी चाैधरी घरमै पुगेर सामाग्री हस्तान्तरण गरेकाेमा घरपरिवारले खुसी ब्यक गर्नुभयो ।
याे कार्यक्रम अन्तर्गत फरक क्षमता भएका बालबालिकाहरुलाई आवश्यकता अनुसार ह्वील चियर,अपाङ्ग मैत्री कुर्सी ,टेवल लगाएका विभिन्न सामाग्रीहरु वितरण गरिदै आएकाे छ।




