युवा संघ नेपालको महासचिवमा वर्तमान सचिव खेमराज शर्माकाे दावी
काेहलपुर – राष्ट्रिय युवा संघ नेपालको आगामी महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदका लागि युवा संघका वर्तमान सचिव खेमराज शर्मा अग्रपंक्तिमा देखिएका छन्।
सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय शर्माले २०६१ सालमा प्ररायु संघको वडा कमिटी सदस्यबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछी विभिन्न कमिटि हुदै २०७३ मा राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी सदस्य बनेका शर्मा पछि स्थायी कमिटी सदस्य, जिल्ला इन्चार्ज, लुम्बिनी प्रदेश अध्यक्ष हुँदै २०७९ मा सम्पन्न ९औं महाधिवेशनबाट केन्द्रीय सचिव तथा प्रशिक्षण विभाग प्रमुखमा निर्वाचित भए।

संगठनका हरेक गतिविधिमा सक्रिय भएर लाग्ने शर्मा युवा संघभित्र भने निकै लाेकप्रिय मानिन्छन् ।
शर्मा विभिन्न जिम्मेवारीमा रहँदा देखाएको बैचारिक परिपक्वता, संगठनप्रतिको निष्ठा, र नेतृत्व क्षमताले उनलाई संगठनभित्र विश्वासिलो र प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गराएको छ। पार्टी विभाजनकाे वेलामा बाँके जिल्लामा पार्टीलाई जाेगाउन उनले गरेकाे भुमिकाकाे अहिले पनि चर्चा हुने गरेकाे छ।विशेषतः संगठनमा उनकाे भूमिका निकै उत्कृष्ट भएकाे एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघका पूर्व नेता सूर्य ढकाल वताउछन। महाधिवेशनकाे मिति नजिकिदै गर्दा शर्माले महासचिव पदका लागि संगठनभित्र आफ्नो बलियो दाबेदारी पेश गरेका छन् र एक सशक्त उमेदवारका रूपमा हेरिएका छन्।




