गाेरखा युनाइटेड स्कुलकाे १२ ओै अभिभावक दिवस सम्पन

कोहलपुर: बाँकेको कोहलपुरमा रहेकाे गाेरखा युनाइटेड पब्लिक स्कुलले १२ ओै अभिभावक दिवस शनिवार भब्य रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थितिमा विद्यार्थीले रचनात्मक नृत्य, गीत, कवाज,प्रतियोगितात्मक नृत्य,मार्सल आर्ट साथै नाटकमार्फत आ–आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अभिभावकहरुविच भलिबल र डाेरी तान्ने खेल ,कुर्ची दाैड लगाएतका खेलहरु पनि समावेश गरिएकाे थियाे । कक्षा नर्सरी देखि कक्षा दश सम्मका सम्पूर्ण विद्यार्थी कुनै न कुनै क्रियाकलापमा सहभागी भएकाे स्कुलका सहायक प्रिन्सिपल बद्री प्रसाद शर्माले जानकारी दिए। विद्यार्थीहरुले गुरु वन्दनाका साथ कार्यक्रम शुरु गरेर गुरुहरुको सम्मान गर्नुपर्ने सन्देश दिएका थिए।
विद्यार्थीहरुकाे प्रस्तुति हेर्दा अभिभावकहरु खुसी देखिन्थे । कार्यक्रम स्थल अभिभावकहरुले भरिभराउ थियाे भने विद्यालय प्राङ्गणमा विद्यार्थीले तयार पारेका विभिन्न खाले शैक्षिक प्रदर्शनीका स्टलहरु राखिएका थिए।
कार्यक्रममा उक्त स्कुलका प्रिन्सिपल साधना थापाले उपस्थित अतिथी तथा अभिावकहरुलाई स्वागत गर्दै विद्यालयले गरिरहेका शैक्षिक गतिविधि र आगामी याेजनाका बारेमा प्रष्ट पारेकी थिइन्। प्रिन्सिपल थापाले भनिन, “ब्यबहारिक शिक्षालाई प्राथमिकतामा राखेका छाै ।”प्रिन्सिपल साधना थापा
विद्यालयका संस्थापक तथा सञ्चालक अध्यक्ष केशर वहादुर आले मगरको अध्यक्षातामा तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक प्राध्यापक एवं शिक्षक अभिभावक संघका सदस्य डा. प्राज्ञा गौतम घिमिरेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमा स्कुलका शैक्षिक सुपरिवेक्षक पञ्च प्रसाद आचार्यले कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा नेपाली सेनाका पूर्व सेनानी राजेश खत्री, अभिभावक झलक सुवेदी, संस्थापक सदस्यहरु थान वहादुर थापा, चन्द्र बहादुर आले, कृष्ण वहादुर थापा, खगिसरा आले, खगिसरा थापा, जसोदा कुमारी बस्नेत, अम्मर वहादुर चन्द लगाएतकाको उपस्थिती रहेको थियो ।


ताजा समाचार