नेपालगन्ज ,बाँके।प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य
तथा सूचना प्रविधि संसदीय समितिका सदस्य मानननिय दिपा शर्माले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि बाँके जिल्लामा सुझाव संकलन गर्नुभएकाे छ ।
हाल प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा रहेको विधेयकमाथी बाँकेका सराेकारवालाले विभिन्न सुझाव दिएका छन।
कार्यक्रममा धम्वाेजी मा वि नेपालगन्जका प्रधानाध्यापक बामदेव सुवेदीले सरकारले लगानी नगरी प्रतिफल खाेजेकाे भन्दै सरकारले विद्यालय शिक्षामा लगानी बढाउनुपर्ने बताउनुभयाे। प्र अ सुवेदीले भन्नुभयाे,” आउदै गरेकाे शिक्षा ऐनमा सत्र थरीका शिक्षकलाई एकैथरी वनाउने नियम राखिनु पर्छ।”
भुरभवानी मा वि का शिक्षक उत्तम पाेख्रेलले निजामती सरह बढुवाकाे व्यवस्था गरिनुपर्नेमा जाेड दिनुभयाे।
धम्वाेजी मा वि का शिक्षक डा. पुर्ण बहादुर शाहीले गुणस्तरीय शिक्षाकाे स्पष्ट परिभाषा हुनुपर्नेमा जाेड दिनुभयाे। उहाँले भन्नुभयाे,”शिक्षा ऐन लागु भयपछि शिक्षकलाई गरिएका भेदभाव हट्नु पर्छ।”
कार्यक्रममा खजुरा गा पा का शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले अब शिक्षकहरुमा पनि तहगत बढुवा प्रणाली लागु गर्नुपर्नेमा जाेड दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका अध्यक्ष रेखा धितालले संगठनका तर्फबाट सांसद शर्मालाई लिखित सुझाव हस्तान्तरण गर्नुभएको थियाे।
कार्यक्रममा शिक्षक नेताहरु ताेजेन्द्र विश्वकर्मा विरेन्द्र यादव ,शिव शंकर राेका,असविर रावत ,
लगाएतले सुझाव दिनुएकाे थियाे।
समितिले सातै प्रदेशमा विधेयकमाथि छलफल गरी सुझावहरूलाई एकीकृत गरी सरकारलाई बुझाउने तयारी गरिरहेको सांसद शर्माले बताउनुभयाे । सुझावहरूकै आधारमा अन्तिम मस्यौदा तयार पारी यही हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गरी पारित गर्ने तयारी रहेको सांसद शर्माकाे भनाई छ ।