बाँके ।बाँकेको कोहलपुरमा आउँदो कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अधिकांस व्यवसायीहरु महिला नेतृत्वको पक्षमा देखिएका छन।
विस २०५५ सालमा स्थापित काेहलपुर उद्याेग वाणिज्य संघमा अहिलेसम्म महिलाले नेतृत्व गरेका छैनन।
अधिकास मतदाताले यसपटक महिलालाई संघकाे नेतृत्वमा पठाउने प्रतिबद्धता जनाएकाे संघका संस्थापक अध्यक्ष कर्ण बहादुर थापाले बताउनु भयाे। महिलाकाे नेतृत्व पुरुषकाे तुलनामा आर्थिक पारदर्शितामा इमानदार हुने मतदाताकाे बुझाई छ।
काेहलपुर ११ का व्यवसायी ठाकुर गिरीले भने,-” अन्जना जि काे नेतृत्वमा रहेकाे टिमप्रति व्यवसायी आशावादी छन।”
” यसअघि जितेर पठायकाहरु मेला लगाउने र पैसा कमाउनेतिर लागेकाे आराेप व्यवसायीकाे छ। काेहलपुर ११ मा रहेकाे स्मृति इन्टरप्राइजेजका संचालक हाेमनाथ पाठक भन्छन,” साना व्यापारीकाे पिरमर्का बुझ्नेलाई मेराे भाेट जान्छ।” यसपटक मुख्य नेतृत्वमा महिलालाई पठाउनुपर्ने उनकाे भनाई छ ।
“व्यवसायिक संरक्षण र अधिकारको सुनिश्चितता” भन्ने मुख्य नारा सहित प्रगतिशील व्यवसायी समुह अहिले घरदैलो अभियानमा व्यस्त छन ।घरदैलो क्रममा अधिकाश मतदाता सकारात्मक रहेकाे महासचिवका उमेदवार दिपक अर्याल बताउछन।
प्रगतिशील व्यवसायीक प्यानलले अञ्जना धितालको नेतृत्वमा प्यानल तयार भएको छ। प्यानलमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दिपक अर्याल, उप-महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह-कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिएका छन्।
सदस्यहरूको सूचीमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहेका छन्। महिला सदस्यहरूमा अस्मिता के.सी., प्रतिभा खड्का, र एशोसियट सदस्यमा दिपेश खनाल पनि उम्मेदवार छन्।