युवा संघ काेहलपुरले दिप प्रज्वलन गरी मनायाे संविधान दिवस

बिनाेद भट्टराई

काेहलपुर,संविधान दिवसको अवसरमा युवा संघ काेहलपुरले दीप प्रज्वलन गरेकाे छ ।


काेहलपुरकाे न्युराेड चाेकमा गरिएको दीप प्रज्वलन कार्यक्रममा बाेल्दै नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराईले नेपालकाे संविधान २०७२ ले जनताकाे भावनाकाे प्रतिनिधित्व हुने गरि संविधान जारी भएकाे बताउदै यसलाई समयअनुसार संशोधन पनि आवश्यक रहेकाे बताए ।
कार्यक्रममा एमाले काेहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराई ,काेहलपुर न पा ११ का वडा अध्यक्ष कल्पना अधिकारी ,
एमाले जिल्ला कमिटि सदस्य युवा फाट इन्चार्ज राजु तामाङ्ग गाेले ,युवा संघका केन्द्रीय सदस्य सन्दिव वानिया ,जिल्ला उपाध्यक्ष रमेश मिजार, लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार