६०ओै बाल दिवसकाे अवसरमा एपीएफ स्कुल कोहलपुरद्वारा विविध कार्यक्रम

काेहलपुर,बाँके ।बाँकेको कोहलपुर -२ मा रहेको नेपाल एपीएफ स्कुलले ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा प्रभातफेरी गरेकाे छ ।

विभिन्न बाल नारा सहित स्कुलका विद्यार्थी र शिक्षकसहितले नगर परिक्रमा गरेका थिए। प्रभातफेरी पछि विद्यालयका विभिन्न कार्यक्रम पनि गरेका थिए। सो अवसरमा विद्यार्थीहरुले विभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए। आँखैमा राख्छु मेरो देश भन्ने गीतमा आयुषा के. सी., मनिषा भण्डारी , प्रकृति पौडेल र आरयना रानाले नृत्य गरेका थिए भने रेजिना श्रेष्ठ, शिवहरी अधिकारी , साधक गौतम र श्रेष्कर रेग्मीले बाल अधिकार सम्बन्धी गित प्रस्तुत गरेका थिए ।

बालबालिका सम्बन्धी नृत्य कक्षा ४ र ५ का विद्यार्थीहरुले , बेलुन ब्लाष्टिङ्ग ६, ७, ८ र ९ का छात्राले घुम्मे कुर्सी र छात्रहरुले घैटो फुटाल्ने जस्ता सिर्जनात्मक खेलहरु प्रस्तुत गरेका थिय ।

सो अवसरमा विद्यालयका प्रिन्सीपल मुकुन्द्र विक्रम शाहले बालबालिकाहरु भविष्यका कर्णधार भएकाे बताउदै उनीहरुलाई माया ममता र सिर्जनात्मक तथा बालमैत्री तरिकाले सबैलाई शिक्षा दिनु पर्नेमा जाेड दिए।

कार्यक्रममा विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले बालबालिकाहरुको उज्जल भविष्यका लागि अभिभावक तथा हाम्रो लगानीको थालनी गर्नुपर्नेमा जाेड दिए । उनले भने,”बालबालिकाको सर्वाङ्गिण विकासका लागि हामी सबैको दायित्व छ ।” उनले नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३९ मा बालबालिकाको अधिकार स्पष्ट लिपिवद्ध गरेकाे बताउदै सोको कार्यान्वयन सबैले गर्नु पर्नेमा जाेड दिए। साे अवसरमा बालबालिकाहरुलाई Quiz contest, balloon Blasting, musical Chair & pot hitting बिजेता बालबालिकाहरुलाई प्रोत्साहनका लागि पुरस्कार वितरण गरका थिए । विद्यालयका ECA शिक्षक पुष्कर राज जोशीले संचालन गर्नुभएको कार्यक्रममा बालबालिकाहरु मनोरञ्जन तथा
सिर्जनात्मकरुपमा आफ्नो प्रतिभा प्रस्फुटित गरेका विद्यालयका शिक्षक हरी देवकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार