नगर स्तरीय तीज नृत्य प्रतियोगितामा गाेरखा युनाइटेड प्रथम

कोहलपुर । कोहलपुर नगरपालिकाका स्तरिय तीज नृत्य प्रतियोगितामा गाेरखा युनाइटेड पब्लिक स्कुल प्रथम भएको छ ।


तीजकाे अवसरमा शुक्रबार ज्ञान ज्याेति मा वि बगियाम तिज नृत्य प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा बागेश्वरी एकेडेमी चटार द्धितीय, निम्वल मा वि तृतीय र मिसन पब्लिक स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । कोहलपुर नगरपालिकामा रहेका सामुदायिक र संस्थागत गरी ३१ वटा विद्यालयले प्रतियोगितामा भाग लिएका थिए।

ज्ञानज्याेति माध्यमिक विद्यालयका वि व्य स अध्यक्ष शेर बहादुर शाहीकाे अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नरपालिका ,सामाजिक विकास समितिका संयाेजक इश्वरी प्रसाद वि क काे प्रमुख अतिथ्यतामा तिज नृत्य प्रतियोगिता कार्यक्रम भएको थियो ।

प्रतियोगिताककाे आयाेजना ज्ञानज्याेति मावि बगियाले गरेकाे थियाे ।

सम्बन्धित समाचार