उपमेयर कप छात्रा क्रिकेटकाे उपाधि त्रिभुवनलाई

काेहलपुरमा जारी अन्तर मावि छैटाै उपमेयर कप अन्तर माध्यमिक विद्यालयस्तरीय  छात्रा क्रिकेट प्रतियोगिताकाे उपाधि त्रिभुवन मा वि  काेहलपुरले हात पारेकाे छ।

शनिवार त्रिभुवन माध्यमिक विद्यालय र वालशिक्षा मा.वि.भरैयाविच भएकाे फाइनल खेलमा त्रिभुवन माध्यमिक विद्यालय काेहलपुर विजयी भएकाे हाे । त्रिभुवन मा वि ले २१ हजार नगद सहित ट्रफि हात पारेकाे छ भने द्वितिय हुने बाल शिक्षा मा वि भरैयाले १५ हजार नगद सहित ट्रफि हात पारेकाे छ।

प्रतियोगितामा उदयमान खेलाडीका उपाधी बागेश्वरी एकेडेमीका  आशिका वि क ले हात पारिन भने उत्कृष्ट बलरकाे उपाधि बाल बिद्या भरैयाका  सुरक्षा पुनले जितिन। यसैगरी प्लेयर अफ द फाइनलकाे उपाधि त्रिभुवन मा वि का छात्रा विमला बुढाले हात पारिन।यसैगरी उत्कृष्ट ब्याटर- त्रिभुवन मा वि का  विमला बुढा  सर्बाेकृष्ट खेलाडीकाे उपाधि बाल शिक्षा मा वि की सुरक्षा पुनले प्राप्त गरिन। प्रतियोगितामा सक्रिय खेलाडीका रुपमा ज्ञान ज्याेति मा वि बगियाका   विविशा नेपालीलाई सम्मान गरियाे।

छैटाै अन्तर माध्यमिक बिद्यालय स्तरिय उप मेयर कप छात्रा क्रिकेट कप प्रतियोगितामा ९ वटा सामुदायिक तथा ९ वटा संस्थागत गरि जम्मा १८ वटा विद्यालयहरुले भाग लिएका दिए।

छात्रा क्रिकेट प्रतियोगिता समापन समाहराेमा प्रमुख अतिथिको तर्फबाट मन्तब्य दिदै काेहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले विगत वर्षहरुमा भन्दा याे वर्ष छात्रा क्रिकेटकाे आकर्षण बढेकाे बताउदै  आगामी वर्षहरूमा छात्रा क्रिकेट प्रतियोगितालाई थप व्यवस्थित बनाउदै लैजाने प्रतिबद्धता ब्यक्त गरे।

काेहलपुर नगरपालिकाका उप प्रमुख एवं समापन समाहराेहका सभापति संगिता सुवेदीले  नगरपालिकाले गुणस्तरीय शिक्षाका साथसाथै खेलकुदलाई पनि सगसगै अगाडी बडाएकाे बताइन। उनले छात्रा क्रिकेटमा सहभागी मध्ये २६ जनालाई नगरपालिकाले  विशष प्रशिक्षण दिने बताइन।

बाँकेको कोहलपुरमा छात्रा क्रीकेटको उद्गम स्थल हो पछिल्लो समयमा नगरपालिकाले खेलकुद अनि खेलाडिलाई प्रोत्साहन गर्न विभिन्न खेल सञ्चालन गर्दै आएको छ । प्रतियोगिता फाल्गुन १६ देखि शुरु भएकाे थियाे।

सम्बन्धित समाचार