काेहलपुरमा सामुदायिक विद्यालयलाई क्रिकेट खेल सामाग्री हस्तान्तरण
काेहलपुर– काेहलपुर नगरपालिकाद्वारा ज्ञान ज्याेति माध्यमिक विद्यालयलाई क्रिकेट सामग्री हस्तान्तरण गरेकाे छ ।

नगरपालिकाले गत वर्ष उप मेयरकप छात्रा क्रिकेट राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिएका सामुदायिक विद्यालयहरुलाई क्रिकेटका लागि आवश्यक खेल सामाग्री हस्तान्तरण गरेकाे हाे।

शुक्रबार काेहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदी , प्रमुख प्रशासकीय अधिकृत धाेलकराज ढकाल ,नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल,नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि थापा लगाएत विद्यालयमा पुगि खेल सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन।
गत वर्ष उप मेयर कप खेलकुद प्रतियोगितामा भाग लिएका विद्यालयहरूले क्रिकेट अभ्यासका लागि खेल सामाग्री अभाव रहेकाे गुनासाे गरेपछि ति सामुदायिक विद्यालयहरुलाई क्रिकेट खेल सामाग्री वितरण गरिएकाे काेहलपुर नगर पालिकका उप प्रमुख सुवेदीले बताउनुभयो ।
नेपालमा महिला क्रिकेटकाे शुरुवात भएकाे यस ठाउँका महिला क्रिकेट खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटकाे माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराएकाे स्मरण गर्दै उप प्रमुख सुवेदीले भन्नुभयो,
” क्षमतावान खेलाडीलाई प्रसस्त अभ्यास गर्ने र खेल्ने अवसर दिनुपर्छ।”

कार्यक्रममा काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धाेलकराज ढकाललेे विद्यार्थीलाई खेलमा प्रशस्त अभ्यास गरि उप प्रमुख कपमा विजयीकाे शुभकामना ब्यक्त गर्नुभयो ।
नगरपालिकाले ज्ञान ज्याेति मा वि बगिया,त्रिभुवन मा वि ,ज्ञान ज्याेति मा वि चप्परगाैडी,सगरमाथा ज्ञानपुष्ज मा वि र वालशिक्षा मा वि भरैयालाई क्रिकेट खेलका लागि सामग्री वितरण गर्न कार्यक्रम रहेकाे काेहलपुर खेलकुद विकास समिति,काेहलपुरका अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभयो ।




