लाइन्स क्लव अफ काेहलपुर कस्तुरीकाे आयाेजनामा स्वास्थ्य शिविर संचालन


लाइन्स क्लव अफ काेहलपुर कस्तुरीले शुक्बार स्वास्थ्य शिविर संचालन गरेकाे छ।


१४४ औं Melvin Jones सप्ताहकाे अवसर पारेर क्लबले स्वास्थ्य शिविर संचालन गरेकाे हाे।काेहलपुरमा रहेकाे निलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा अशाहय ब्यक्तिहरुकाे डा श्याम वि क. ,डा देवेन्द्र आचार्य तथा स्वास्थ्यकर्मी सुदन बुढाथोकीले स्वास्थ्य परिक्षण गर्नुभएकाे थियाे।


क्लबका अध्यक्ष अन्जु न्याैपानेकाे अध्यक्षता भएकाे उद्घाटन कार्यक्रममा लाइन्स क्लबका एरिचा चिप तेज प्रसाद अधिकारीले लाइन्स क्लब सामाजिक कार्यमा निरन्तर लागिरहेकाे बताउदै लाइन्स क्लब अफ काेहलपुर कस्तुरिले पनि विभिन्न सामाजिक काममा सक्रिय रहेकाे बताउनुभयाे ।

साे अवसरमा डा.श्याम वि.क.ले सामाजिक कार्यमा आफू सधैं लागिरहने बताउदै निलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा अशाहय ब्यक्तिहरुकाे आफुले ब्यक्तिगत रुपमा प्रतेक महिना नि शुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक अाैषधीकाे समेत ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयाे। उद्घाटन कार्यक्रममा लाइन्स क्लबका डिस्टिक एजुकेटिभ चिन्ता मणि धिताल, एरिया चिप तेज प्र अधिकारी ,जाेन चियर्स प्रसन नवीन निश्चल आचार्य ,लाइन्स क्लब अफ काेहलपुरका अध्यक्ष राजेन्द्र प्रसाद रिजाल लगाएतकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा ३२ जना ज्येष्ठ नागरिक तथा अशाहयहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे थियाे।

सम्बन्धित समाचार