काेहलपुरमा छैटाै मेयरकप खेदकुद आजदेखि ,उद्घाटन विहानकाे ११ बजे
काेहलपुर,
काेहलपुर नगरपालिका स्तरिय छैटाै मेयर कप रनिङ्ग शिल्ड प्रतियाेगिता तथा पन्ध्रौं राष्ट्रपति रनिङ्गशील्ड छनाैट खेलकुद प्रतियोगिता आजदेखि शुरु हुदैछ।
काेहलपुर-१, काैशिलानगरमा रहेकाे कृष्ण माध्यमिक बिद्यालयकाे खेल मैदानमा विहान ११ बजे रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उद्घाटन हुने कृष्ण माध्यमिक विद्यालयका प्र अ दिलिप वलीले जानकारी दिनुभयाे। मेयर कप रनिङ्गशील्ड प्रतियोगिताकाे सम्पुर्ण तयारी पूरा भएकाे आयाेजककाे भनाई छ। प्रतियाेगितामा सामुदायीक १३ तथा संस्थागत २४ गरि जम्मा ३७ बटा बिद्यालयका जम्मा ८१९ जना खेलाडीले प्रतियाेगितामा भाग लिएकाे प्र अ वलीले जानकारी दिनुभयाे । खेल प्राविधिक उप समितिका सदस्य विरेन्द्र मल्लका अनुसार प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड , लङजम्प , भलिबल र कवड्डी लगायतका विभिन्न १५ खेलहरु संचालन हुनेछन । प्रतियाेगिता ब्यवस्थित बनाउन काेहलपुर नगर खेलकुद विकास समितिका संयाेजक बुद्धि थापा मगरकाे संयाेजकत्वमा १७ सदस्यीय खेल संचालन तथा ब्यवस्थापन उप समिति , बुद्धि थापाकै संयाेजकत्वमा जुरी अफ अपिल,राशन श्रेष्ठको संयाेजकत्वमा अभिलेख व्यवस्थापन उप समिति,अनिल सेन ठकुरीकाे संयोजकत्वमा प्राथमिक उपचार उप समिति, बिनाेद भट्टराईकाे संयोजकत्वमा प्रचार प्रसार तथा सुचना सम्प्रेषण उप समिति,ऋषिराम शर्मनकाे संयोजकत्वमा उद्घाेषण उप समिति लगाएत विभिन्न ९ वटा उपसमिति गठन गरेकाे प्र अ वलीले जानकारी दिए।
जिल्ला समन्वय समिती बांकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उदघाटन गर्ने कार्यक्रम रहेकाे छ।