काेहलपुरमा एमालेकाे घरदैलो,उत्साहीत मतदाता

 

कोहलपुर ।बाँके निर्वाचन क्षेत्र न १ मा एमालेले आजबाट घरदैलो अभियान सुरु गरेको छ । घरदैलो अभियानकाे पहिलो दिन आज बिहिबार उमेदवरहरु कोहलपुर नगरपालिका अन्तर्गत वडा नं. ११ र १२ केन्द्रित छन।


बाँके क्षेत्र न १ मा प्रतिनिधि सभाकाे लागि एमालेका सूर्य ढकाल र प्रदेस सभाकाे लागि १ ख बाट दुर्गा प्रसाद चाैधरीाई उमेदवार बनाएको छ। यी क्षेत्रमा एमालेलाई राप्रपाकाे पनि साथ रहनेछ।

घरदैलोका क्रममा उम्मेदवार ढकालले यस क्षेत्रलाई राष्ट्रिय राजनिति संग जाेड्दै यश क्षेत्रकाे विकासमा लागि पर्ने बताए । उनले राष्ट्र लाई संकट बाट जोगाउन र संविधानको रक्षा गरी समग्र नेपालको विकासका लागि राप्रपासङ्ग मित्रता गास्दै तालमेल भएको बताए। उम्मेदवार सहित घरदैलो अभियानका क्रममा मतदाता र आम नागरिक भने उत्साहित भएका छन। मतदाताहरुले अहिले नयाँ अनुहार हेर्न चाहेकाे भन्दै यसका लागि सूर्य ढकाल र दुर्गा चाैधरी उपयुक्त रहेकाे प्रतिक्रिया दिएकाे एमाले बाँके निर्वाचन क्षेत्र न १ निर्वाचन परिचालन कमिटीका संयाेजक बलराम भट्टराईले बताए।
घरदैलो कार्यक्रममा ज्येष्ठ नागरिकहरुकाे एमालेप्रति बढिनै आकर्षण देखिएकाे संयाेजक भट्टराईले बताए। एमालेले सामाजिक सुरक्षा भत्ताकाे शुरुवात गरेकाे र वलि सरकारकाे पालामा मासिक चार हजार पुर्याएकाे थियाे।
यस्तै प्रदेश सभा (ख) का उम्मेदवार दुर्गा प्रसाद थारुले कोहलपुरकाे समग्र बिकास र समृद्धीकालागी सुर्यमा मतदान गरि आफुहरुलाई जिताउन आग्रह गरे । उनले समृद्ध गाउँ र विकसित शहर निर्माण आफ्नो सपना रहेको हुँदा त्यो सपना आफ्नो मात्र नभैइ समग्र कोहलपुर बासिको हुनुपर्ने बताउदै स्थानिय आवश्यकता र जन भावना अनुसार बिकास निर्माणको काममा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

सम्बन्धित समाचार