नगरपालिका संघ लुम्बिनी प्रदेश सदस्यमा उप प्रमुख सुवेदी चयन

३० भदौ, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाका नगर उप प्रमुख संगिता सुवेदी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश सदस्यमा निर्विरोध चयन भएकी छन ।

भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुख ,उपप्रमुखहरुको भेलाले सुवेदीलाई सदस्यमा चयन गरेको हो ।
संघको भेलाले गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीलेकाे नेतृत्वमा सुवेदी सहित १५ सदस्यीय समिति गठन गरेको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तहमध्ये ४ उपमहानगर ३२ नगरपालिका गरि ३६ नगरहरु नगरपालिका संघ अन्तर्गत पर्दछन ।


ताजा समाचार