काेहलपुरमा नयाँ प्रशासनिक भवनकाे शिलान्यानास
कोहलपुर : कोहलपुर नगरपालिकाले नयाँ प्रशासनिक भवनकाे शिलान्यानास गरेकाे छ । उक्त भवन निर्माण गर्न शुक्रबार धार्मिक विधिपुर्वक शिलान्यास गरिएकाे हाे । नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले साढे ५ तले भवनकाे शिलान्यास गरेका हुन ।

नगर प्रमुख आचार्यका अनुसार स्थानीय सरकारको करिव ९ करोड र स्थानीय पूर्वाधार विकास विभागको करिव ६ करोड अनुदान गरि जम्मा १५ कराेड,३८ लाख ४८ हजार ७ सय १० काे लागतमा साढे ५ तले अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्न लागिएको हो । ८ हजार ७ सय ३५ स्क्वायर फुट क्षेत्रफलमा बन्ने भवनमा लिफ्टकाे समेत सुविधा हुने नगरपालिकाका इन्जिनियर बालकृष्ण महतराले जानकारी दिए। दैनिक प्रशासनिक काम गर्न सहजता हुने बताइएकाे छ । भवन २०७९ असार २१ गते शुरु भई २०८१ पाैष २५ गते सम्पन्न हुनेछ । कोहलपुर नगर विकास समितिको प्राङ्गनमा भवन बनाइनेछ ।

यस्तै नगर उपप्रमुख संगिता सुवेदीले नयाँ भवनमा नगरपालिकाका सबै काम सञ्चालन हुने बताइन ।भवन निर्माणकाे जिम्मा जयभवानी जे.भी. काेहलपुरलाई दिइएकाे छ।





