कुरामा भन्दा काममा बिश्वास गर्छु – मेयरका उमेदवार भुषाल
काेहलपुर नगरपालिकाका एमाले बाट मेयर पदका उमेदवार खिल प्रसाद भुषालले आफू चिप्ला कुरा गरेर जनतालाई भ्रममा नपार्ने बताएका छन।

काेहलपुर नगरपालिका वडा न १० मा भएकाे मतदाता भेटघाट कार्यक्रममा बाेल्दै भुषालले आफू चिप्ला कुरा गरेर जनतालाई भ्रम नछर्ने तर बाेलेका कुरा पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे। उमेदवार भुषालले भने -” नेता स्पष्ट बाेल्न हुन्न भन्छन तर म ढाट्न जान्दिन ।” धेरैले स्पष्ट र सही कुरा गरेर नेता भइदैन भन्छन तर जनतालाई भ्रममा पारेर आफुले राजनीति नगर्ने भुषालले जिकिर गरे।
उनले भने – “घरदैलो कार्यक्रममा पनि पूरा गर्न नसक्ने कुरा सकिँदैन भन्छु ।” आफू स्पष्ट कुरा गर्दा धेरैपटक अप्ठ्यारोमा परेकाे उनले गुनासो गरे।
नेताले नैतिकतामा पनि ध्यान दिनुपर्ने भन्दै भुषालले भने- ” आफुले बाेलेका कुरा पूरा गर्न नसकेर शिर निहुराएर हिड्ने
अवस्था आउन हुदैन।”
मेयरका उमेदवार भुषालले काेहलपुर १० मा रहेकाे बन्दालाई पर्यटकिय स्थल बनाउने,थारु संग्राहलयकाे स्थापना गर्ने,स्थानिय सडककाे स्तरउन्नति गर्ने लगाएतका प्रतिबद्धता ब्यक्त गरे।
नेकपा एमाले काेहलपुरले घरदैलो तथा मतदाता भेटघाटलाई निरन्तरता दिएकाे छ । घरदैलोमा जनताकाे उत्साहजनक सहभागीता रहेकाे एमाले काेहलपुर नगर इन्चार्ज तथा निर्वाचन परिचालन कमिटिका संयाेजक उमेश गुरागाईले बताए। काेहलपुरमा एमालेले मेयर,उपमेयर सहित कम्तीमा १० वटा वडामा निर्वाचित हुने उनकाे दावी छ।




