काेहलपुरका मेयरका उमेदवार भुषालको एजेन्डा– भ्रष्टाचार शून्य नगरपालिका
काेहलपुर,
काेहलपुर नगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उमेदवारी दिएका खिलप्रसाद भुषालले काेहलपुरलाई भ्रष्टाचारमुक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । नगरलाई भ्रष्टाचामुक्त बनाएर समृद्ध र समुन्नत बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले काेहलपुर वडा नं ५ ले आज आयोजना गरेको घरदैलो कार्यक्रम तथा कोणसभालाई सम्वोधन गर्दै मेयरका उम्मेदवार भुषालले नगरको समुन्नत विकासका लागि एमालेको विकल्प नभएको बताए । हाल नेकपा एमालेकै नेतृत्वबाट चुनिएका जनप्रतिनिधिले काेहलपुरको विकास र समृद्धिको सुरूवात भएको बताउँदै भुषालले अपुरा योजनालाई आफुले पूर्णता दिने बताए ।
शिक्षा, स्वास्थ्य, सडक लगायतका सम्पूर्ण विकास निर्माणका काममा कुनै पनि कमि हुन नदिने उनले बताए । भ्रष्टाचार शून्य नगरपालिका बनाई देशकै उत्कृष्ट, समुन्नत र समृद्ध काेहलपुर बनाउने आफ्नो मुख्य लक्ष्य रहेको समेत भुषालले बताए।




